Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

नेवारी म्युजिक भिडियो सार्वजनिक

विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा नेपाल भाषामा तयार भएको ''जि खोपय् च्वम्हँ हिरो'' को म्युजिक भिडियो एक समारोहबीच सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा आराध्य लक्ष्मी खड्की र सुरज श्रेष्ठको मुख्य अभिनय रहेको छ भने उक्त भिडियोको कथा अनुसार फिल्ममा झैं बाबु तामाङलाई खलनायकको भूमिकामा देख्न सकिन्छ।  निर्देशक राजेशमान सिंहले जानकारी दिए अनुसार नेपाल भाषामा तयार भएको म्युजिक भिडियोलाई उत्कृष्ट अनि राम्रो भिडियो बनाउनको निमित्त हर सम्भव मेहनत गरेको बताए। म्युजिक भिडियो हेर्ने सबैले नयाँ तथा फरक अनुभव गर्न सकोस् भनेर बिहानदेखि बेलुकीसम्म मेहनत गरेर पाँच दिनसम्म सुटिङ गरिएको पनि जानकारी दिए । 

गायक सुर्य कमल राई र दिलु श्रेष्ठको स्वरमा सजिएको नेवारी गीतमा संगीतकार तथा गायक सुर्यकमल राईको मिठो संगीत रहेको छ । अरु म्युजिक भिडियोभन्दा फरक शैलीमा नायकरनायिकालाई मात्र समावेश नगरी छुट्टै कथा समेटिएर चलचित्रमा झैं एक तर्फ नायकरनायिका दोस्रो तर्फ खलनायकको पनि भूमिका रहेको हुनाले भिडियो हेर्दा गीतरसंगीतको साथै फिल्ममा जस्तो कथावस्तु समेटेर नायक नायिकाको मायाप्रीत अनि हिरोसँग खलनायकसँगको फाइट सिन पनि रहेकोे कारण  दर्शक र स्रोताहरू सबैले म्युजिक भिडियो हेर्दा फिल्म हेरेको जस्तो अनुभव मिल्नेछ  ।

नेवारी बुझ्ने नबुझ्ने सबैले म्युजिक भिडियो हेरेपछि नेपाल भाषा नै किन नहोस् नेवारी गीतको छुट्टै आनन्द लिन सकिने छ । गीतमा फाइट निर्देशन सुरज श्रेष्ठ (एक्सन फाइट), सहायक फाइट सहनिर्देशनभने  बाबु तामाङरदोर्जे लामारजीवन कार्कीद्वारा गरिएको छ । छायांकन र सम्पादन सोहन मानन्धर स्टिल रहेको अनि फोटो ग्राफी विक्रम खड्गी रहेको छ । गीतको निमित्त सल्लाह सुझाव राजु श्रेष्ठको भूमिका उच्च स्थानमा रहेको छ ।