Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

इजरायलमा अलपत्र विद्यार्थीहरू भन्छन्- ‘हामी सुरक्षित ठाउँमा जाँदैछौं’ (भिडियो)

काठमाडौं । हमासको आक्रमणपछि इजरायलमा अलपत्र विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै आफूहरूको उद्धारका लागि सेनाको टोली आइपुगेको जानकारी दिएका हुन् ।

‘हामी यहाँबाट सुरक्षित ठाउँमा जाँदैछौं। नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो,’ रिजालले भनेका छन्, ‘यहाँ अरु देशले आक्रमण गर्दैछ भन्ने हामीले सुनेका छौं।’ उनले भिडियोमा भनेका छन् ।  

केहीलाई आर्मीले उद्धार गरेर लगिसकेको र भने केहीको आधा घन्टामै उद्धार हुने उनको भनाई छ । टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थीहरू गत भदौ २९ गते अध्ययनका लागि त्यसतर्फ गएका थिए। तीमध्ये १० जनाको निधन भइसकेको सरकारले बताएको छ। 

गम्भीर घाइते भएका ४ जनाको अस्पतालमा उपचार भइरहेको छ भने १ जना अझै सम्पर्क विहीन छन्।

भिडियो -