Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गायिका सुमिना लो को स्वरमा  'उठनु पर्छ जुटनु पर्छ’ सार्वजनिक

तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ ।

साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ ।

समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चेतना दिएर समाजमा उनीहरुको आवाजलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने गीतकार योञ्जनले बताए ।

’उठनु पर्छ जुटनु पर्छ ’ गीतको पुरा अडियो सुन्न तल क्लिक गर्नुहोस ।