सुत्केरी बेथा लागेकी हुम्लाको अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी बिहीबार प्रादेशिक अस्पताल सुर्खेत लगिँदै । उनलाई हिजोदेखि बेथा लागेको र आजसम्म पनि सुत्केरी हुन नसकेपछि उद्धार गरी अस्पताल लगिएको हो । तस्बिर: दाने बोहरा