सुहाना थापा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री हुन्। सुहाना थापाले आफ्नो चलचित्र जीवनको सुरुवात 'ए मेरो हजुर ३' नामक नेपाली कथानक चलचित्रबाट गरेकी थिइन्।

नेपाली कथानक चलचित्र 'ए मेरो हजुर ४' ले उनिलाई नेपाली फिल्मी जगतमा उदाउदो ताराको उपनाम दिन सक्ने थप तथ्य प्राप्त भएको छ। हालको समयमा उनको चलचित्र ‘एक भागवत गीता’ प्रदर्शन भएको छ। सुहाना थापाको जन्म सन् १९९६ मे ८ मा काठमाडौँमा भएको थियो।

उनी नेपाली चलचित्र क्षेत्रकी पूर्व चर्चित नायीका झरना थापाकी छोरी हुन्। उनले आफ्नो अध्ययन संयुक्त राज्य अमेरिकामा गरेकी थिइन्। उनले व्यवस्थापन संकायमा स्नातक गरेकी छिन्। 




