Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

वरिष्ठ गायिका दिलमाया खातीको निधन

 वरिष्ठ गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति साढे ९ बजे निधन भएको हो।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। उनी गोपाल योञ्जन, कर्म योञ्जन,रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामाकी समकालीन हुन् । सोही वर्ष पहिलोपटक रेडियो नेपालमा गीत रेर्कड गराएकी उनी रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा प्रथम भएकी थिइन् । 

उनले १५० भन्दा बढी नेपाली गीतमा स्वर दिएकी छिन् । उनले गाएका एकल तथा युगल ‘बिछोडको पीडा नसकी खप्न’, ‘तिमी देख्दा रहर लागेर आउँछ’, ‘साउन फर्की’, ‘सम्झेर–बुझेर दिइहाल त्यो जोवन’लगायत गीत चर्चित छन्। लामो समय शिक्षण पेशामा आबद्ध उनी अविवाहित थिइन् ।