भक्तपुर नगरपालिका वडा नं. १ सृजनानगर यातायात व्यवस्था विभाग पछाडी हनुमन्ते खोलाको किनारमा एकजना नवजात शिशुको सव फेला परेको छ ।
अन्दाजी २,३ दिनको जस्तो देखिने सालनाल सहितको नवजात शिशु घोप्टोपरि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बबसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिई गई घटनास्थल लासजाँच मुचुल्का गरि उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।