प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् । मंगलबार १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले बोल्नका लागि समय माग गरेको हुन् । सम्बोधनका क्रममा ओलीले सरकारको चर्को आलोचना गरेका छन् ।
मुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् । संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिएका थिए ।
‘एउटा दिनदहाडै बजारमा लखेटी लखेटी खुँडाले काटी काटी मारेको मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ’, ओलीले भने, ‘नेपालगञ्ज आतंकित छ । पीडित परिवार आतंकिंत छ । यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ? किन सम्मानित गरिन्छ ।’
यस्तै ओलीले गृहमन्त्री आफैं सुन तस्करीको ढाकछोप गर्न लागेको, तर संगठित रुपमा विरोध गरेर सुशासनको अभियान चलाउन दिएन भनेर गफ दिँदै हिँडेको उनको आरोप लगाएका छन्। मंगलबार प्रतनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले गृहमन्त्रीले सोमबार हेटौंडामा दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् । ‘हिजो माननीय गृहमन्त्रीजीले हेटौंडामा गएर उधुमै खोक्नुभयो । सुशासनको अभियान चलाएको, त्यसलाई रोक्न संगठित रुपमा विरोधीहरु लागेका छन् भनेर,’ उनले भने, ‘कुन विरोधी लागे तपाईंको अभियान रोक्न ?’
‘साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ, तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १०० किलो सुन पक्राउ पर्छ, ढाकछोप गर्न लाग्नुहुन्छ । छानबिन गर्न आयोग बनाउँभन्दा एक महिनासम्म लडाइँ गर्नुपर्छ । छानबिन गर्दा के बिग्रिन्थ्यो महाशय तपाईंको ? किन आत्तिनु भएको स्वतन्त्र निश्पक्ष छानबिनसँग ?’ उनले गृहमन्त्रीमाथि थप प्रश्न गरे, ‘एयरपोर्टमा किन पक्राउ परेन सुन ? सिनामंगलमा किन पक्राउ पर्यो, गन्तव्यसम्म पछ्याएर गएर सबै समाउन किन सकिएन ?’
हेर्नुहोस् भिडियो: