Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

'गौमाता' भजन सार्वजनिक (भिडियोसहित)

'गौमाता' नामक भजन बजारमा सार्वजनिक भएको छ। राष्ट्रिय जनावर तथा सनातन धर्मावलम्बीहरुको आस्थाकी जननी गाईलाई माया गरौँ उक्त भाव बोकेको गीत सन्देश सापकोटाको युटुब च्यानलबाट एकहप्ता अघि नै  सार्वजनिक गरिएको हो।

उक्त गीतमा सन्देश सापकोटाले नै शब्द लय सङ्गीत भरेका छन। प्रायः उनले आत्मसन्तुष्टिका लागी भजन गाउने गरेको बताएका छन। बाल्यकालबाटै धार्मिक कार्यमा सरिक भएका सापकोटाले सानै उमेर देखी स्वस्थानी कथाहरु पनि वाचन गर्दै आएका थिए।

विशेषगरी विभिन्न पूजाआजा लगायत भजनहरूमा रमाउने सन्देश दर्शक र स्रोताको माया पाएमा अझ भजनका गीतहरू ल्याउने तयारी रहेको उनले बताएका छन।

हेर्नुहोस् उक्त भजनको भिडियो: