Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

‘कहीँ नभएको जात्रा’ हाँडीगाउँमा सुरु

काठमाडौं । कहीँ नभएको जात्राका नामले चर्चित हाँडीगाउँको जात्रा सुरु भएको छ।  लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ ।

रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ। भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ । यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले कहीँ नभएको जात्रा हाँडी गाँउमा भन्ने गरिएको छ ।

Photo (3) (1).jpg

नयाँ पुस्ताले समेत यो जात्राको मौलिकता जोगाउन सकरात्मक सहभागिता जनाउने गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

स्थानिय बासी सुनिल महर्जनले अहिलेको युवाले पूराना संस्कृतिहरुलाई त्याग्दै अगाडि बढ्ने होकी भन्ने डर भएको अवस्थामा युवाको बाक्लो उपस्थिति उत्साहजनक रहेको बताए ।

Photo (7).jpg

उनले भने, ‘काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरसहित, विदेशी पहुँनाहरु सहित यो जात्रा मनाई रहेका छौ । यो लिच्छिवीकालदेखि नै मनाउँदै आएको हो । आजको उपस्थिति निकै राम्रो भएको छ । हजारौंको संख्यामा मानिसको उपस्थिति भएको छ । यसमा नयाँ पुस्ताको पनि राम्रो उपस्थिति रहेको छ, नयाँ पुस्तामा पनि संस्कृति जोगाउने विषयमा ध्यान दिएको देखिन्छ ।’

Photo (2) (1).jpg

यस्तै, जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ ।