Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

केशव राज भट्टको निर्देशन र कोरियोग्राफी रहेको 'चोट' सार्वजनिक

लोकप्रिय गायक शिव परियारको स्वरमा रहेको गीत ‘चोट’ सार्वजनिक भएको छ । दीपक बिडारीको शब्द, रिमेश कुमारको सङ्गीत, कुशल सिंह निलको एरेञ्ज र साजन शाहको मिक्सिङ–माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

केशव राज भट्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा शिल्पा पोखरेल, राज दीप र सोनु निरौला फिचर्ड  छन् ।  राम कुमार केसीको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन बन्दे प्रसादले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो स्रोतारदर्शकमाझ पस्किएका छौ सबैको माया पाउँनेमा आशावादी रहेकाे संगीतकार रिमेश कुमारले बताए ।

हेर्नुहोस् भिडियो: