Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गायिका शर्मिला तामाङको नयाँ गीत "याद आउछ आउदैन" सार्वजनिक

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन्। सोही क्रममा विदेशी भूमि जापानमा रहेर पनि नेपालको कला संस्कृति जोगाउदै आई रहेकी सर्जक तथा गायिका शर्मिला तामाङको नयाँ गीत "याद आउछ आउदैन" सार्वजनिक भएको छ । 

साथीभाइ सब जना भेटिन्थ्यो पालैपालो चिप्लेटी खेलिन्थ्यो, याद आउछ आउदैन, मलाइ सधै झझल्को आइरहन्छ, तिमीले पनि बिर्सन पाउदैन । यस्तै मिठा मिठा भाबहरु गीतमा समाबेश गनृ खोजिएको छ । सर्जक तथा गायिका शर्मिला तामाङको “याद आउछ आउदैन” गीत शर्मिला तामाङको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो  ।

शर्मिला तामाङ र प्रकाश तामाङ टिटुङको स्वर रहेको गीतमा लय, शब्द भने शर्मिला तामाङकै रहेको छ । यस गीतमा मनिस लामाको संगीत संयोजन रहेको छ । सरगम स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठले रेकडिङ्ग र अर्पण थिङले मिक्सिंग गरेका हुन् ।

अमर रावलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई प्रकाश खडकाले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा संचिता बोलाखे, साजन गुरुङ र दिपिका थापाको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।