Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेकपा एसले असोज १४ देखि समाजवादी जागरण अभियान सञ्चालन गर्ने

 

नेकपा (एकीकृत समाजवादी) ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ । असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार अभियानका क्रममा ठाउँठाउँमा सानाठूला सभा गर्ने र आफ्ना एजेण्डा जनतालाई सुनाउने तथा समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने एवम् जनताको सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गर्नेसम्मका रहेका छन् । उक्त अभियानले सुशासन, रोजगारी समृद्धि त्यसभित्रका महत्वपूर्ण कृषि क्रान्ति सीमारक्षा, किसानले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्ने, कृषि मूल्य निर्धारण गर्नुपर्ने, किसानले आफूले उत्पादन गरेका सामान सरकारले किनेर बचत गर्ने परिस्थिति निर्माण गर्नुपर्ने तथा आत्मनिभर नेपाल बनाउने सन्देश दिने प्रवक्ता खतिवडाले बताए ।

उनले भने, “समाजवादी जागरण अभियान, २०८० ले जनतासँग हाम्रो पार्टीलाई जोड्छ, जनताको कुरा सुन्छ र आफ्ना नीति निर्माणमा त्यसलाई अभिव्यक्त गर्छ ।” एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ ।

भिडियो: