Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

करेन्ट लागेर एक जनाको मृत्यु

 पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  विद्युतको खम्बामा बलिरहेको बत्ती निभाउने क्रममा करेन्ट लागेर रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवको मृत्यु भएको हो ।

आज बिहान रामग्राम–७ उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुईँसम्म लत्रिएको अवस्थामा रहेको  स्थानीयको भनाइ छ ।