Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

सरोज प्रचा र विना राउतको ‘ए रमा’ बजारमा (भिडियोसहित)

निर्देशक सुरेन्द्र बसेल निर्देशित नयाँ म्युजिक भिडियो रिलिज भएको छ। सोमबार ‘कमल शर्मा’ नामक युट्युब च्यानलबाट ‘ए रमा’ बोलको म्युजिक भिडियो रिलिज गरिएको हो। भिडियोमा समाबेश गीतमा रामकुमार सशंकर र कमल शर्माको आवाज, शब्द अनि संगीत रहेको छ। भिडियोमा भने सरोज प्रचा र विना राउतको जोडी देख्न सकिन्छ। सरोज र बिनाका अलावा कमल शर्मा र राजकुमार सशंकरको पनि अभिनय भिडियोमा देख्न सकिन्छ।उत्कृष्ट तरिकाले भिडियोमा कथावस्तु निर्देशक बसेलले प्रस्तुत गरेका छन्। आकर्षक फ्रेममा दिनेश पराजुलीले खिचेको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो: