Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

गायिका मिलन नेवारको ‘आँखा सँग’ बोलको गीत सार्वजनिक

गायिका मिलन नेवार र गायक आनन्द कार्कीको ''आँखा सँग'' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार ध्रुव प्रसाद अम्गाईंको शब्द सृजना रहेको सार्वजनिक गीतमा संगीतकार राज सागरको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ । निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन्। राष्ट्रिय गीतदेखि सुगम संगित, लोक विधामा समेत कलम चलाएका गीतकार ध्रुव समाजसेवादेखि राजनीति, व्यवसायमा पनि सक्रिय छन् । भिडियो एम थ्रि मिडिया नेपालबाट बजारमा आएको हो ।