Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

चेत बुढाथोकी र समिक्षा अधिकारीको '"हाम्रो काहानी" बजारमा हेर्नुहोस् भिडियो

चेत बुढाथोकी र समिक्षा अधिकारीको आवाजमा रहेको नयाँ गीत ुहाम्रो काहानी भिडियो सार्वजनिक भएको छ । आफ्नै शब्द संगीतमा रहेको उक्त गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका हुन् । भिडियोका निर्देशन पनि चेत बुढाथोकी कै रहेका छ । रबि गिरी अनिता बस्नेत (मास्टरनी) रामचन्द्र अधिकारी (काजिबा) रेशम फेरिरी चेत बुढाथोकी हेम श्रेष्ठ रोशन भुषाल सम्झना माया को उत्कृष्ट अभिनय देख्न सकिन्छ । लोक दोहोरी क्षेत्रमा बिगत लामो समय देखि होमिएका गायक चेत बुढाथोकीका गीतहरु स्रोता तथा दर्शकले निकैनै रुचाउने गरेका छन् यस अघि मायामा हुदा हासो बिहे गरे गलामा पाशो निकै चर्चामा थियो अन्य दर्जनौं गीत हरुले स्रोता तथा दर्शकको मनमा अड्डा जमाएइसकेका छन् । लोक दोहोरीका नयाँ तथा पुराना भाका संरक्षण तथा प्रर्वदनमा लागि परेका छन् उनि यतिबेला चेत बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट दर्शक तथा स्रोता माझ हाम्रो काहानी लिएर आइसकेको छ भने उक्त भिडियोमा निकै मिहेनत गरीएको बुढाथोकीले बताएका छन् ओम प्रसाईले छायाँकन गरेको भिडियोलाई बुढाथोकी आफैले सम्पादन गरेका छन् भने श्याम कुवरले कलर गरेका छन् काठमाडौँको रमणिय स्थलमा भिडियो छायांकन गरीएको बुढाथोकी बताउछन । https://youtu.be/oHZQq6d73r4