Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

आजबाट देशैभरका सामुदायिक विद्यालय बन्द

आजदेखी देशभरका सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द हुने भएका छन् । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै बिद्यालय अनिश्चितकालिन बन्द हुने भएका हुन् । जसका कारणा देशभरका ७० लाखभन्दा बढी विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने छ। आफ्ना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आएपछि पठकपाठन बन्द हुन लागेकाे हाे । आफ्ना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघले जनाएकाे छ । ‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन विद्यालय बन्द हुदैँछ,’ महासचिव लक्ष्मीकिशोर सुवेदीले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन बिद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’