Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

अभिनेता गौरव पहारीले गरे इन्गेजमेन्ट, को हुन् प्रेमिका?

अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्‍याडिसनमा आयोजित समारोहमा उनीहरुबीच टिकाटालो भएको हो । परिवार र निकट साथीहरुको उपस्थितीमा यी दुईले इन्गेजमेन्ट औंठी साटासाट गरे । आगामी मंसिरमा उनीहरुबीच बिहे हुने तयारी छ । र्‍याडिसनको नेपा हलमा आयोजित समारोहमा उनीहरुलाई बधाइ दिन दुबै पक्षका परिवार, कलाकारहरु विल्सनविक्रम राई, निर्देशक उदय सुब्बा लगायत उपस्थित थिए । श्रेयानी फिटनेश पेशामा आवद्ध छिन् । विगत ४–५ बर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गर्न लागेका हुन् । गौरव र श्रेयानीले आगामी मंसिरमा विवाह गर्ने तयारी गरिरहेका छन्।