Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

यो संविधानको विकल्प खोजिनु हुँदैन्: अधिकारकर्मी कृष्ण पहाडी (अन्तरवार्ता)

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले यो संविधानको विकल्प खोजिन नहुने बताएका छन् । संविधान दिवसको अवसरमा कुरा गर्दै उनले भने ‘संविधान बन्न सहज थिएन । संविधान बनिसकेपछि लागु गर्न झनै सहज थिएन । ६२ ६३ को आन्दोलनको गजमा यो संविधान बनेको हो यसमा दुईमत छैन् । उनले यो संविधान टिक्नुमा नागरिकको स्वामित्व रहेको आधार नै प्रमुख भएको टिप्पणी गरे । उनले भने ‘त्यसका ३ वटा घटक थिए । आम नागरिकको स्वामित्व सहभागिता छ त्यसैले यो सफल भयो । संविधान अनेकौं व्यवधान र विकृतिका बाबजुत पनि टिकेको कारण आम नागरिकको स्वामित्व भएको हुनाले त्यो अहिले सम्म टिकेको हो ।’ उनले संविधान संशोधनमा लचक हुनु पर्ने बताए । छुटेका विषयलाई समेट्न संविधान लचिलो हुनुपर्ने उनको भनाई छ । ‘संविधान भनेको नदी जस्तो निरन्तर बगिरहने प्रकृया हो । यो अवरुद्ध हुनु भएन गतिशील हुनु पर्छ । भारतको संविधान १०० पटक भन्दाबढि संशोधन भईसकेको छ । भारतमा जतिसुकै आक्रोश बढेपनि सत्ताप्रति पोखिन्छ सडकमा तर नेपालमा फरक छ । ईतिहासबाट कसैले पाठ सिकेका छैनन् । संविधानको लागि फेरि विवाद बहस नहुने भन्ने हुनु हुँदैन् । यो लचिलो हुनुपर्छ । अधिकारकर्मी पहाडिसंग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस् - https://youtu.be/PPZg765xJNs