Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त

कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मंगलबहादुर शाही नियुक्त भएका छन् ।  प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  ।  

यसअघि शाहीले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबि पेश गरेका थिए । ४२ सदस्यीय प्रदेश सभामा शाहीलाई नेकपा एमाले र नेकपाका २४ सांसदको समर्थन गरेको छ ।

शाही मुगु प्रदेशसभा २ बाट तत्कालीन माओवादी र नेपाली कांग्रेसबीचको लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट विजयी भएका थिए । शाहीले कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसकेका छन् ।