Jul 08 2026

Jul 08 2026 | बुधवार, आषाढ २४ गते २०८३

'सभामुखले कान सुन्नुहुन्न' भनेपछि प्रतिनिधि सभामा लफडा, बैठक स्थगित

प्रतिनिधि सभाका सभामुख डिपी अर्यालले नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखको अपमान गरेको भन्दै बोल्न रोकेपछि संसदमा लफडा भएको छ । 

बुधबार बैठक शुरु हुनासाथ आकस्मिक समयमा बोल्न शुरु गरेका सांसद राईले सभामुखले कान नसुनेको भन्दै बोल्न शुरु गरेपछि सभामुख अर्याल आक्रोशित हुदै बोल्न रोकेका थिए । 

राईले सभामुख महोदय, तपाईं कान सुन्नुहुन्छ कि हुँदैन’ भन्दै बोल्न शुरु गरेपछि सभामुख अर्याल आक्रोशित बनेका थिए ।

सांसद राईले बोलेको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले नियमआपत्ति गर्दै सो भनाई रेकर्डबाट हटाउन माग गरेकी थिइन् ।

सभामुखले सांसद राईले माफी माग्ने र भनाई सच्याउन समय दिएपछि राईले सभामुखको व्यबहारप्रतिनै प्रश्न गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।