Jun 30 2026

Jun 30 2026 | मंगलवार, आषाढ १६ गते २०८३

चीनमा ६ सिटे उड्ने कार विकास हुँदै

उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ कार)को विकासलाई तिब्रता दिएको छ ।

चीनका विमानन कम्पनीहरूले व्यवहारिक रूपमा प्रयोग गर्न मिल्ने उड्ने कारको विकासमा समय र स्रोतसाधनको अधिकतम प्रयोग पनि गरिरहेका छन् । 

दक्षिणपश्चिम चीनको चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातका लागि ६ सिट क्षमताको विद्युतीय उड्ने कार विकास गरेको छ।

photo-4_e4b4742c.png

यसको क्याविन समायोजन गर्न मिल्ने सिटहरू तथा बहुउद्देश्यीय सवारीका अन्य सुविधाहरू समावेश गरिएको छ । हाल यो कार उडानयोग्यता एवम प्रमाणिकरण प्रक्रियामा छ।

एरोफुगियाका प्रवक्ता ल्याङ जिओङका अनुसार आरामदायी यो कारले अधिकतम २०० किलोमिटर दूरी तय गर्न सक्छ।

photo-2_8e823a3b.png

यसैबीच, दक्षिण चीनको ग्वाङ्झाउस्थित अर्को कम्पनीले विकास गरेको उड्ने कारले सार्वजनिक रूपमा आफ्नो पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। यो पनि हाल उडानयोग्यता प्रमाणिकरण प्रक्रियामै छ।

photo-7_fa81f5a3.png

९५० किलोग्राम अधिकतम टेकअफ तौल तथा ८ मिटर लामो फ्युजलाज (मुख्य शरीर) र पखेटाको फैलावट भएको यो उड्ने कार सहर, समुद्र र पहाडी क्षेत्र पार गर्दै मध्यमदेखि लामो दूरीको यात्राका लागि डिजाइन गरिएको हो।

photo-1_8ee2c895.png

कम्पनीका अनुसार यसमा कारजस्तै छेउबाट खुल्ने ढोका र दुईवटा सिट छन्। यसले भवनको छतबाटै उडान भर्न र अवतरण गर्न सक्छ। आठवटा प्रोपेलरले यसलाई ठाडो रूपमा जमिनबाट उचाल्छन्, भने पछाडिको पुशर प्रोपेलरले अगाडि बढ्न आवश्यक शक्तिशाली गति प्रदान गर्छ । 

photo-6_38c64160.png

विज्ञहरूका अनुसार आगामी करिब एक दशकभित्र उड्ने कारहरू व्यापक रूपमा प्रयोगमा आउने अपेक्षा गरिएको छ ।

photo-3_bd39e42e.png