नेकपा एमालेले संसदीय दलको बैठकमा सहभागी हुने अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । साथै एमाले संसदीय दलको बैठक जारी छ ।
पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको हो ।
संसदीय दलको बैठकपछि सचिवालय बैठक आजै साँझ ओली निवास गुण्डुमा बस्ने जानकारी दिइएको छ ।
सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई सडकमार्गबाट आज बिहान काठमाडौँ ल्याएर सम्पत्ति शुद्धिकरण विभाग पुर्याइएको छ भने उनलाई आजै अदालतमा पेश गरिने बताइएको छ ।