Jun 23 2026

Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३

सुदूरपश्चिम बजेटमा एमालेको आपत्ति, सरकार छोड्ने चेतावनी (विज्ञप्तिसहित)

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता साझेदार दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ । 

धनगढीमा सम्पन्न एमाले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन नगरिए सरकारबाटै बाहिरिने चेतावनी दिएको हो ।

संयुक्त सरकारको सहमति र नीति–कार्यक्रम विपरीत एकलौटी गरेको भन्दै एमालेले असहमति राखेको छ । 

बजेटमा आवश्यक संशोधन नभए संयुक्त सरकारमा सहभागी हुन नसक्ने निर्णय समेत बैठकले गरेको छ ।

1-7.jpg
२-1-1024x793.jpg