Jun 23 2026

Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३

विष्णु पौडेल पक्राउबारे ओलीले भने- यस्ता प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्

नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सुर्खेतमा रहेका बेला पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको प्रेस वक्तव्यमा पौडेललाई 'गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरिएको'  बताउँदै  त्यसको घोर निन्दा र भर्त्सना गरेका छन्।

'विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्,' ओलीले भनेका छन्।

सरकारले लोकतन्त्रविरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै एमालेले देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिलाई एकजुट भएर प्रतिवाद गर्न आह्वान समेत गरेको छ।

726405090_1494193235253703_3706249492635891237_n-(1)-1782186707.jpg