Jun 23 2026

Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३

विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक

नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेले संसदीय दल र सचिवालयको बैठक बोलाएको हो ।

संसदीय दलको बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ भने सचिवालय बैठक आजै साँझ ओली निवास गुण्डुमा बस्ने जानकारी दिइएको छ ।