Jun 23 2026

Jun 23 2026 | मंगलवार, आषाढ ९ गते २०८३

चलचित्र ‘महाराजधिराज’ मा पूजना प्रधान अनुबन्ध

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध भएकी छन् । सिनेमा छायांकनको मध्यतिर उनी यो चलचित्रमा अनुबन्ध भएकी हुन् ।

‘महाराजधिराज’को ३३औँ दिनको छायांकन चलिरहेका बेला निर्माण टिमले पूजनालाई आफ्नो चलचित्रमा अनुबन्ध गरेको जानकारी दिएको हो । अहिले काठमाडौंका विभिन्न ठाउँमा यो चलचित्रको छायांकन भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन अहिले काठमाडौंमा भइरहेको हो । भक्तपुरमा पनि यो सिनेमाको छायांकन भएको छ । यो चलचित्रको छायांकन सेड्युल ७० दिनको छ । परिच्छेद सेनले निर्देशन गरिरहेको ‘महाराजधिराज’लाई नबराज थापाले खिचिरहेका छन् ।

‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन् । चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी., सुशील सिटौला छन् । ठूलो संख्यामा कलाकार रहेको यो चलचित्रमा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछ ।

८० जना कलाकार रहने यो सिनेमामा कमल गाउले, शिशिर भण्डारी, शिबु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय रहनेछ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

‘महाराजधिराज’का निर्मातामा रवि खड्का र टोपेन्द्र विष्ट हुन् ।