राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको पहिलो महाधिवेशनले एकताको सन्देश दिने बताएका छन् । उनले यो पहिलो महाधिवेशनले एकताको सन्देश दिने बताएका हुन् ।
‘हिजो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले नै भनिसक्नुभएको छ। पार्टीको पहिलो महाधिवेशनले एकताको सन्देश दिन्छ । हामीले विधि नीति सबै कुरामा स्पष्टता ल्याउँछौँ ।गुट उपगुट हुँदैन । योग्यता पुगेका व्यक्तिले स्वतन्त्र रुपमा निर्वाचन लड्न पाउनुहुन्छ, 'उनले भने ।
प्रवक्ता झाले स्वाभाविक रूपमा आफू पदाधिकारीको दाबेदार रहेको समेत उल्लेख गरेका छन्।