Jun 22 2026

Jun 22 2026 | सोमवार, आषाढ ८ गते २०८३

संस्थापकलाई स्वत : केन्द्रीय सदस्य बनाउने निर्णय रास्वपाले फिर्ता लियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज भएपछि पार्टी स्थापनाकालदेखि सक्रिय केही नेताहरू असन्तुष्ट देखिएका छन् । 

असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय सर्कुलेसन भएको थियो ।

तर, समायोजनमा आएका नेताहरूले विरोध गरेपछि निर्णयबाट पछि हटेको एक संस्थापक सदस्यले जानकारी दिए । 

रास्वपाको प्रथम महाधिवेशन अहिले चितवनमा जारी छ ।