Jun 16 2026

Jun 16 2026 | मंगलवार, आषाढ २ गते २०८३

मुक्तिनाथमा भारतीय पर्यटकको ओइरो

हिमाली जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा यतिबेला पर्यटकको उल्लेखनीय भीड देखिएको छ।

विशेषगरी भारतमा गर्मी बढेसँगै मुक्तिनाथ दर्शन तथा भ्रमणका लागि आउने भारतीय पर्यटकको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार हाल दैनिक सरदर तीन हजार भारतीय पर्यटक मुस्ताङ भित्रिने गरेका छन्।

photo_26e3faf4.jpg

भारतीय पर्यटकको बढ्दो आगमनले मुक्तिनाथ क्षेत्रको पर्यटन गतिविधिमा थप चहलपहल ल्याएको छ ।

पर्यटकको संख्या बढेसँगै होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसाय पनि चलायमान बनेका छन्। स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको आगमनले मुस्ताङको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको छ।