गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको जेठ ३१ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार लालिबजार,रोल नम्बर १, मितज्यू, काजी, लाइफ ड्यामेज र कुम्भको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।
जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले अहिलेसम्म ९ करोड १६ लाख कमाई गरेको छ । त्यस्तै यस फिल्मले ३ लाख ११ हजार ४०३ टिकट बिक्री गरेको छ ।
त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ३५ लाख १५ हजार कमाई गरेको छ । यस फिल्मले ४७ हजार १५१ टिकट विक्री गरेको छ ।
त्यसैगरी जेठ ८ गतेदेखि प्रदर्शनमा आएको मितज्यूले एक करोड ३२ लाख ५३ हजार कमाई गरेको छ । फिल्मका अहिलेसम्म ४६ हजार १५४ टिकट बिक्री भएका छन् । त्यस्तै जेठ ८ गतेदेखि नै प्रदर्शनमा आएको काजीले भने केवल ४४ लाख ४८ हजार ६० कमाई गरेको छ । त्यस्तै जेठ १ गते रिलिज भएको लाइफ ड्यामेजले ३४ लाख ६६ हजार कमाएको छ । त्यस्तै जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म कुम्भले ३ लाख ९१ हजार कमाएको छ ।