Jun 15 2026

Jun 15 2026 | सोमवार, आषाढ १ गते २०८३

प्रधानमन्त्री र गृहमन्त्रीमाथि ऐन महरले पोखे आक्रोश- छुट्टी मनाएर बस्ने

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले बझाङमा २३ वर्षीया स्वास्थ्यकर्मीको शंकास्पद मृत्यु भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा उनले दुर्गममा अनिशा धामीको शंकास्पद मृत्यु भयो तर, प्रधानमन्त्री र गृहमन्त्रीहरू छुट्टी मनाएर बस्ने, सामाजिक सञ्जालमा जिस्किरहने भन्दै सरकारप्रति आक्रोश पोखेका हुन् ।

‘बझाङ जिल्लाको केदारस्युँ गाउपालिका– ७ कि बासिन्दा २३ वर्षीया अनिशा धामी, जो खोटाङ जिल्लाको बरपोखरी गाउँपालिकाको वडा नम्बर एकमा अनमिका रूपमा कार्यरत हुनुहुन्थ्यो। हिजो राति जेठ ३१ गते राति उहाँ मृत अवस्थामा फेला पर्नुभयो। मृत अवस्थामा र एउटा स्वास्थ्यकर्मी जो छुट्टीको बेला आइतबार राति आफ्नै कोठामा मृत अवस्थामा फेला पर्नुभयो। एउटा स्वास्थ्यकर्मी, स्वस्थ रूपमा आफ्नो कोठामा सुतिरहेको बेलामा बिहान कसरी मृत अवस्थामा फेला पर्नुभयो? यसले के कुरा पुष्टि गर्छ भने उहाँको मृत्यु भएको होइन उहाँको हत्या भएको हो,’ उनले भने।

उक्त घटनाको सत्यतथ्य छानबिन गरी संलग्न जोसुकैलाई कारबाही गर्न उनले सरकारसँग माग गरेका छन् ।