अफ्रिकी देश आइभरी कोष्टले जारी फिफा विश्वकपमा इक्वेडरलाई पराजित गरेको छ ।
सोमबार बिहान सम्पन्न खेलमा आइभरी कोष्टले इक्वेडरलाई ९०औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित हासिल गरेको छ । आइभरी कोष्टको जितमा खेलको ९०औं मिनेटमा अमाद डायलोले गोल गर्दै जित दिलाएका थिए । यो जितपछि समुह इ मा आइभरी कोष्टले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।
आइभरी कोष्टले अब अर्को खेल जुन २१ मा जर्मनीसँग र जुन २६ मा इक्वेडरसँग खेल्ने छ । त्यस्तै इक्वेडरले जुन २१ मा कुरासाओ र जुन २६ मा जर्मनीसँग खेल्ने तालिका रहेको छ ।