अस्ट्रेलियाले जारी फिफा विश्वकपमा विजयी शुरुवात गरेको छ ।
आइतबार बिहान सम्पन्न समुह डी अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो ।
अस्ट्रेलियाको जितमा नेस्टोरी इराङ्कुन्डा र कोनर मेटकाफले एक एक गोल गरेका थिए । अस्ट्रेलियाले खेलको २७औं मिनेटमा इराङ्कुन्डाको गोल गर्दै शुरुवाती अग्रता लिएकोमा दोस्रो हाफको ७५औं मिनेटमा मेटकाफले अग्रता दोब्बर पारेका थिए ।
यो जितपछि समुह डी मा अस्ट्रेलियाले महत्त्वपूर्ण ३ अंक हासिल गरेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल जुन २० मा अमेरिकासँग र जुन २६ मा पराग्वेसँग खेल्ने तालिका छ । त्यस्तै टर्की भने यस खेलमा हार बेहोरेपछि दबाबमा परेको छ । अब टर्कीले जुन २० मा पराग्वेसँग र जुन २६ मा अमेरिकासँग खेल्ने तालिका छन् ।