Jun 14 2026

Jun 14 2026 | आइतवार, जेठ ३१ गते २०८३

विश्वकपमा आज राति नेदरल्यान्ड्सको सामना जापानसँग

जारी फिफा विश्वकप फुटबल अन्तर्गत नेदरल्यान्ड्स र जापानबीच समूह ‘एफ’ को पहिलो खेल आज राति एटी एन्ड टी स्टेडियममा हुदैछ । दुवै टोली प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् ।

यो खेलमा नेपाली समय अनुसार आज राति १: ४५ बजेदेखि शुरु हुदैछ ।

नेदरल्यान्ड्स टोली चोटका कारण केही मुख्य खेलाडीबिना मैदानमा उत्रन बाध्य छ । आर्सनलका डिफेन्डर जुरियन टिम्बर, एक्सेभियर सिमन्स र जेर्डी साउटेन चोटका कारण टिममा छैनन् । मेम्फिस डिपे पुरानो ह्यामस्ट्रिङ समस्यासँग संघर्ष गरिरहेका छन् भने माथियास डे लिग्ट पनि फिटनेस समस्याका कारण शंकामा छन् । यद्यपि डेनजेल डम्फ्रीज फर्किएका छन् र रक्षापंक्तिलाई बल दिएका छन्। मिकी भान डे भेन र कप्तान भर्जिल भान डाइक सेन्टर ब्याकमा देखिने सम्भावना छ ।

जापान टोली पनि ठूलो झट्कामा परेको छ । कप्तान वाटारु एन्डो चोटका कारण बाहिरिएका छन् र अन्तर्राष्ट्रिय फुटबलबाट संन्याससमेत घोषणा गरेका छन् । काओरु मितोमा र ताकुमी मिनामिनो पनि चोटका कारण अनुपस्थित छन् । यसले जापानको आक्रमण कमजोर बनाएको छ । तर ताकेफुसा कुबो र रित्सु दोआनले टोलीको सिर्जनात्मक जिम्मेवारी सम्हाल्नेछन् भने अयासे उएदा अग्रपंक्तिमा रहनेछन् । नेदरल्यान्ड्स पछिल्ला खेलाडीहरूको चोटका बाबजुद प्रशिक्षक रोनाल्ड कोमानको नेतृत्वमा बलियो सुरुवात गर्ने प्रयासमा छन् । उता जापान प्रशिक्षक हाजिमे मोरियासुको टोली लगातार ६ मैत्रीपूर्ण जितसहित उत्कृष्ट लयमा प्रतियोगितामा आएको छ ।

दुवै टोलीबीचको पछिल्लो भेट सन् २०१३ नोभेम्बर १६ मा भएको थियो, जहाँ खेल २–२ को बराबरीमा सकिएको थियो ।

नेदरल्यान्ड्सको टिम

बार्ट भेरब्रुगेन, रोबिन रोएफ्स, मार्क फ्लेक्केन, लुत्सरेल गेरत्रुइडा, भर्जिल भान डाइक, नाथन एके, जान पल भान हेके, मिकी भान डे भेन, डेनजेल डम्फ्रीज, जोर्रेल हातो, क्विन्टेन टिम्बर, मार्टेन डे रोन, र्यान ग्राभेनबेर्च, माट्स वीफर, तिज्जानी रेइन्डर्स, गुस तिल, ट्युन कोपमाइनर्स, फ्रेन्की डि जोंग, जस्टिन क्लुइवर्ट, वाउट वेघोर्स्ट, मेम्फिस डिपाए, कोडी गाक्पो, नोआ लाङ, डोनियल मालेन, ब्रायन ब्रोबे र क्रेन्सियो समरभिल ।

जापानको टिम 

जियोन सुजुकी, केसुके ओसाको, तोमोकी हायकावा, युकिनारी सुगावारा, शोगो तनिगुची, को इताकुरा, युतो नागातोमो, त्सुयोशी वातानाबे, अयुमु सेको, हिरोकी इतो, ताकेहिरो तोमियासु, जुनोसुके सुजुकी, वाटारु एन्डो, आओ तनाका, रित्सु दोआन, दाइची कामादा, युइतो सुजुकी, काइशु सानो, ताकेफुसा कुबो, केसुके गोटो, दाइजन माइदा, केइतो नाकामुरा, जुन्या इतो, अयासे उएदा, कोकी ओगावा र केन्तो शिगोआइ ।