Jun 14 2026

Jun 14 2026 | आइतवार, जेठ ३१ गते २०८३

सुटिङकालागि जटिल प्रक्रियाको कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन सकेनन् : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रक्रिया जटिल र कर छुट नीतिको अभावका कारण विदेशी फिल्म उद्योग नेपालमा आकर्षित हुन नसकेको बताएका छन्।

आइतबार कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ तथा फिल्म स्टोरी बैंक प्रतियोगिता २०२६ को शुभारम्भ कार्यक्रममा बोल्दै उनले नेपालमा फिल्म सुटिङका लागि आवश्यक प्रशासनिक प्रक्रिया अत्यन्तै झन्झटिलो रहेको टिप्पणी गरेका हुन् । 

उनका अनुसार अन्य देशहरूले विदेशी फिल्म निर्माण टोलीलाई कर छुट तथा सहज अनुमति प्रक्रिया उपलब्ध गराउँदा नेपालमा भने त्यस प्रकारको सुविधा नहुँदा बलिउड र हलिउडजस्ता ठूला फिल्म उद्योगहरू आकर्षित हुन सकेका छैनन्।

photo-8_ac2fdbe5.jpg

उनले भने,‘अरु देशमा सुटिङ गर्न जाँदा कर छुट हुन्छ । हाम्रोमा कर छुट खै ?हाम्रो झन्झटिलो प्रक्रिया छ । त्यो प्रक्रियाले गर्दा बलिउड हलिउडहरु नेपालमा आएको अवस्था छैन । नेपालमा चलचित्र किन आएनन भने हाम्रो प्रशासनीक झन्झटिलो र सेवा र सुविधा दिन नसेको कारणले गर्दा हो ।’

शाहीले विदेशी फिल्म उद्योगमार्फत नेपालबाट ठूलो रकम बाहिरिने अवस्था रहेको उल्लेख गर्दै करिब १०० करोड रुपैयाँ हाराहारीको रकम विदेशतर्फ जाने गरेको दाबी गरे।

photo-14_ec042e07.jpg

उनले नेपालमा बनेका फिल्महरू अन्तर्राष्ट्रिय बजारमा न्यून मात्रामा मात्र सफल भएको उल्लेख गर्दै ‘एउटा प्रेम गीत’बाहेक अन्य नेपाली फिल्महरू विदेशी बजारमा उल्लेख्य रूपमा नचलेको बताए।

सांसद शाहीले हालै एउटा हलिउड फिल्म नेपालमा छायांकन गर्ने तयारी भए पनि राज्यको नीति, ऐन तथा प्रशासनिक प्रक्रियाका कारण अन्ततः नेपाल छोडेर अष्ट्रेलियामा कृत्रिम नेपाली गाउँ निर्माण गरी सुटिङ गरिएको उदाहरणसमेत दिए । 

photo-5_93d354f7.jpg

उनले भने,‘विदेशी फिल्महरु मार्फत हाम्रो पैसा झण्डै १०० करोडको हाराहारीमा गैसक्यो । त्यो पैसा हामीले रोक्न सक्छौं । एउटा प्रेम गीत बाहेक विदेशी चलचित्र उद्योगमा हाम्रा चलचित्र चलेनन् । भर्खरै एउटा हलिउड चलचित्र नेपालमा सुटिङ गर्ने भनेर सबै तयारी थियो । यहाँको राज्यसत्ता ,हाम्रो ऐन कानुन र नीतिका कारणले नेपालको गाउँ जस्तो नक्कली गाउँ अष्ट्रेलियामा तयार पार्यो तर नेपाल आएन ।’

त्यस्तै उनले कर्णालीमा चलचित्र सुटिङको लागि बिग हाउस किन जाँदैन ?भन्दै प्रश्न समेत गरे ।