नेपालले महिला एशिया कपमा छनौट हुन असफल भएको छ ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टिम एशिया कपमा छनौट हुन असफल भएको हो ।
क्वाटरफाइनलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्याण्डले दिएको १३१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाएको हो ।
यसअघि पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
त्यस्तै सेमिफाइनलमा पुगेसँगै थाइल्याण्ड एशिया कपमा पुगेको छ । त्यस्तै आजै सम्पन्न अर्को खेलमा हङकङले जापानलाई ४१ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ र एशिया कपमा छनौट भएको छ ।