Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

प्रधानमन्त्रीको जवाफ नआएपछि विपक्षी दलहरू रणनीति बनाउन जुटे

प्रधानमन्त्री वालेन्द्र शाह संसद्‍मा आएर जवाफ दिन तयार नभएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरू रणनीति बनाउन जुटेका छन्।

अहिले सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको छ।

जेठ १७ गते प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको भनेर अभिव्यक्ति दिएयता देशमा राजनीतिक तरंग आएको छ।