Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

मन्त्रिपरिषद् बैठकमा डीडीसीको ‘प्रमोसन’, बाँडियो प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई

मंगलबारको मन्त्रिपरिषद् बैठकमा देशका महत्त्वपूर्ण नीतिगत निर्णयसँगै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनले पनि प्रवेश पाए । 

स्वदेशी उत्पादन प्रवर्द्धन र किसान हित प्राथमिकता दिने उद्देश्यले कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीलाई डीडीसीका उत्पादनको प्याकेट वितरण गरेकी हुन् । 

प्रधानमन्त्री र मन्त्रीहरूलाई बाँडिएको प्याकेटमा डीडीसीबाट उत्पादित दूध, केशर दूध, बटर, चिज, दही र पेँडा छ ।

स्वदेशी वस्तुको उपभोग बढाउने र सरकारी संस्थानको बजार विस्तार गर्ने एजेन्डा सांकेतिक रूपमा अगाडि बढाउन मन्त्री चौधरीले बैठककै क्रममा डीडीसीको प्याकेट वितरण गरेकी थिइन् । 

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्द्धन तथा व्यावसायिक सुदृढीकरणका विषयमा छलफल समेत भएको छ ।