Jun 09 2026

Jun 09 2026 | मंगलवार, जेठ २६ गते २०८३

दुई मन्त्रीको शपथ आजै, पत्र राष्ट्रपति कार्यालयमा पुग्यो

गृहमन्त्रीमा सुधन गुरुङ फर्किने भएका छन् ।
 
विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनले पाउने भएका छन् । उनीहरूको शपथ आजै दिउँसो ३ बजेपछि गर्ने तयारी भएको हो ।

राष्ट्रपति कार्यालयका एक अधिकारीले दिएको सूचनाअनुसार औपचारिक पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।