सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई आवश्यकता लागे संसदमा आएर जवाफ दिने बताएका छन् ।
मंगलबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीले संसदमा प्रधानमन्त्रीको खोजी र जवाफको प्रतीक्षा भइरहेका बेला प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले यस्तो जवाफ दिएका हुन् ।
‘प्रधानमन्त्रीलाई अप्ठेरो हुने भए त सुरुमै त्यहाँ जानुहुन्नथ्यो’, मन्त्री पोखरेलले भने, ‘उहाँ प्रस्तुतिमा जाँदा त सोध्ने प्रश्न नै रहेनछन् नि ! एकदमै कम प्रश्नहरू आए जति हामीले सोचेका थियौ । प्रधानमन्त्रीले पनि प्रश्न आउँछ भनेर सोच्नुभएको थियो ।’
उनले प्रधानमन्त्रीलाई अवस्यक्ताबोध भएमा संसदमा उपस्थित भएर पुन जवाफ दिनसक्ने बताए ।