Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

एशियन गेम्सको छनौटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै

सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिताको फाइनलमा आज नेपाल र हङकङ भिड्ने भएका छन् ।

फाइनल खेल आज नेपाली समय अनुसार सवा १२ बजेदेखि शुरु हुदैछ । 

आज भएका सेमिफाइनलमा विजयी भएसँगै नेपाल र हङकङ फाइनलमा भिड्ने भएका हुन् । नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ भने हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

त्यस्तै आज सेमिफाइनलमा पराजित भएका ओमान र मलेसिया तेस्रो स्थानका लागि खेल्दैछन् । तेस्रो स्थानको खेल विहान सवा ७ बजे हुने छ ।

सेमिफाइनलमा पुगेका चारै देश नेपाल, हङकङ, ओमान र मलेसिया एशियन गेम्सका लागि छनौट भएका छन् ।