Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

बाढीले पुल बगाउदा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङखुखोलामा बाढीले मध्यपहाडी लोकमार्ग बगाएपछि सडक अवरुद्ध भएको छ । 

गएराती बाढीले सडक बगाएपछि अबरुद्ध भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले जानकारी दिएका हुन् ।

सडक बगाएपछि भोजपुरबाट काठमाडौं र भोजपुरतर्फ जादै गरेका सवारीसाधन अलपत्र परेका छन् । अहिले सडक खुलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डोजर पुगेर काम गरिरहेको र सडक खुल्न समय लाग्ने उपमेयर राईले बताए ।