Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

फेरि बढ्यो अण्डाको मूल्य बढ्यो

आजदेखि अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको मूल्य बढाएको हो ।

संघले सार्बजनिक गरेको अण्डाको नयाँ मूल्य अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ, जुन यसअघि ४६५ रुपैयाँ रहेको थियो । त्यस्तै यसअघि प्रतिक्रेट ४९० रुपैयाँ रहेको ठूलो अण्डाको मूल्य ५४५ रुपैयाँ पुगेको छ भने मध्यम अण्डाको ५१५ रुपैयाँ कायम भएको छ । त्यसैगरी सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअघि २ हजार ३०० रुपैया रहेको थियो । 

यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य प्रति गोटा २५ रुपैयाँ पुगेको संघका सचिव मदन पोखरेलले जानकारी दिएको छ ।