Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

अब पार्टी सञ्चालन सम्भव छैन, मार्गप्रशस्त गर्नुपर्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दल नेता ज्ञानेन्द्र शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनबाट अब पार्टी चल्न नसक्ने बताएका छन्।

लिङ्देनलाई ५ वर्षदेखि अध्यक्ष मान्दै उनले गरेका हरेकजसो निर्णय स्वीकार गर्दै आएको बताएका शाहीले अब लिङ्देनबाट पार्टी नचल्ने देखिएकाले नेतृत्व छाडेर संरक्षक बस्नु उपयुक्त हुने बताएका हुन्।

‘अहिलेको परिस्थितिमा अध्यक्षले युवाहरूलाई नेतृत्व दिएर मार्गप्रशस्त गर्ने हो, सधैं पदमै टाँसिएर बस्नुपर्छ भन्ने पनि छैन, बरू संरक्षक बस्ने कि के बस्ने भन्नेबारे सल्लाह गर्ने हो, उहाँ आफै फेरि महाधिवेशन तयारी गर्नुहुन्छ भने उहाँले महाधिवेशन फेस गर्नुपर्छ र जित्नु पनि हुन्न,’ शाहीले भने।

उनले अध्यक्ष लिङ्देनबाट अब पार्टी सञ्चालन हुने अवस्था नरहेको भन्दै मार्गप्रशस्त गर्न आग्रह समेत गरेका छन्।