प्रधानमन्त्री वालेन शाहको भनाइमा विपक्षी दलहरुले आपत्ति जनाउँदै नेपालले भारतीय भूमि मिचेको प्रमाण देखाउन माग गरेको छ ।
आकस्मिकरुपमा प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिएको विषयमा समेत विपक्षी दलहरुले प्रश्न उठाएका छन् ।
संसद्को नियमावलीमा नै नभएको व्यवस्था देखाएर प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री सदनमा उपस्थित हुनु सकारात्मक विषय भए पनि प्रधानमन्त्रीको प्रश्नोत्तर नियमावली अनुसार नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीको सम्बोधनपछि विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सत्तापक्ष दलका सांसदहरू समेत आक्रोशित भएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले केही सांसदहरूको नामै लिएर मर्यादामा बस्ने पटक पटक निर्देशन दिएका थिए ।
उनले विपक्षी सांसदहरूको गतिविधिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत बताए ।