Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

सुनको मूल्य नयाँ उचाइमा, एकैदिन साढे २० हजारले बढ्यो

नेपाली बजारमा आइतबार (जेठ १७) गते सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलाको तीन लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ३०५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।