Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य, भुर्तेलको ऐतिहासिक शतकीय पारी

नेपालले चीनलाई ३१४ रनको लक्ष्य दिएको छ । एशियन गेम्सको पुरुष क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले १२९ रनको ऐतिहासिक शतकीय पारी खेलेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै सनसनीपुर्ण सुरुवात दिलाएका थिए । उनले ४३ बलमा १२९ रन बनाउन सफल भए । भुर्तेलले इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन् ।

त्यस्तै कुशल मल्लले ४७ बलमा अविजित ८५ रन बनाए भने रोहित पौडेलले २१ बलमा अविजित ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेख ११ रन बनाएर आउट भएका थिए । 

यो टी-२० अन्तराष्ट्रिय क्रिकेटमा बनेको तेस्रो ठुलो टोटल हो । यसअघि जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो भने नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । 

 

 

खेलमा कुशल मल्लले ४७ बलमा ८५ रन र रोहीत पौडेलले २१ बलमा ६९ रन बनाउन सफल भए ।