Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

एक साताभित्र संसदमा आउने प्रधानमन्त्रीको प्रतिबद्धता, हट्यो विपक्षीको अवरोध

सत्ता पक्षले प्रधानमन्त्री बालेन्द्र शाहले एक साता भित्र संसदमा आएर जवाफ दिने प्रतिबद्धता गरेपछि प्रतिनिधि सभामा विपाक्षी दलहरुको अवरोध हटेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले के साता भित्र संसदमा आएर सांसदहरुका प्रश्नको जवाफ दिने प्रतिबद्धता गरेपछि विपक्षी दलहरुले अवरोध हटाएका हुन् ।

यसअघि प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले प्रधानमन्त्री सदनमा आउने तयारीमा रहेको र संसद्मा उठेका विषयबारे जानकार रहेको बताएका थिए । उनले भनेका थिए-' ‘सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहन्छ ।' 

विपक्षी दलहरुको अवरोधका कारण पहिलो बैठक १५ मिनेट स्थगित भएको थियो  ।